ब्राजिलमा दैनिक सङ्क्रमितको सङ्ख्या साढे दुई लाखभन्दा बढी

शनिबार, माघ १५, २०७८

रियो दि जेनेरियो, १५ माघ  । ब्राजिलमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे दुई लाखभन्दा बढी पुगेको छ । 
सरकारी अधिकारीहरूले शुक्रवार दिएको जानकारीअनुसार ब्राजिलमा पछिल्लो एक दिनमा दुई लाख ६९ हजार ९६८ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ५० लाख ३४ हजार ८०६ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रलायले जनाएको छ । ब्राजिलमा यसअघि एक दिनमा दुई लाख २८ हजार ९५४ नयाँ सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरिएको थियो । मन्त्रालयका अनुसार कोरोनाभाइरसका कारण ब्राजिलमा अहिलेसम्म छ लाख २५ हजार ८८४ जनाको मृत्यु भएको छ । ती मध्ये ७९९को पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । कोरोनाभाइरसका कारण धेरै मृत्यु भएका देशमध्ये ब्राजिल दोस्रो क्रम सङ्ख्यामा पर्दछ । 
ब्राजिलमा भन्दा धेरै विश्वमै सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । तेस्रो धेरै मृत्यु भने भारतमा भएको देखिएको छ ।– रासस/सिन्ह्वा 
 

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  २१:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार