भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३५ हजार सङ्क्रमित

शनिबार, माघ १५, २०७८

नयाँदिल्ली, १५ माघ । भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३५ लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।  सरकारी अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३५ हजार ५३२ जना सङ्क्रमित भएका हुन । सोही अवधिमा अरु ८७१को मृत्यु पनि भएको भारतको संघीय स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।  भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितको सङ्ख्यामा निरन्तर कमी आइरहेको छ । केही दिन दिन प्रतिदिन बढ्दै गएकोमा अहिले घट्दै आएको हो । मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामा रहेकाको सङ्ख्या पनि घट्दै गइरहेको छ । सरकारी अधिकारीका अनुसार भारतमा शनिबार २० लाख चार हजार ३३३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले पनि अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो ।  भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ३५ हजार ९३९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या झण्डै एक लाख धेरै छ । 
भारतमा पछिल्लो एक दिनमा १७ लाख ५९ हजार ४३४ जनाको कोरोना परीक्षण गरिएको थियो । अधिकारीका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ९३ हजार १९८को कोरोनाभाइरसका कारण मृत्यु भएको छ । रासस/एएनआई  
 

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  २१:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार