बिहान तराईमा हुस्सु लाग्यो, बाँकी भूभागमा आंशिक बदली रहने 

शनिबार, माघ १५, २०७८

काठमाडौं, १५ माघ । हाल देशमा पश्चिमी  न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। बिहान तराईमा हुस्सु लागेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।  आइतबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाकी भूभागमा आंशिक बदली रहनेछ ।  

 

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  १३:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार