उदयपुरमा नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

शुक्रबार, माघ १४, २०७८

उदयपुर, १४ माघ । नाला खन्ने क्रममा माटोको ढिस्काेले पुरिएर उदयपुरमा एक जनाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका-१० बोक्सेस्थितमा नाला खन्ने क्रममा ५६ वर्षीय झर्कबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए । नाला खन्ने क्रममा माटोको ढिस्को झर्दा उनकाे शरीरका विभिन्न भागमा चोट लागेकाे थियाे ।  गम्भीर घाइते भएका सार्कीको कोशी अस्पताल विराटनगरमा उपचारकाे क्रममा मृत्यु प्रहरीले जनाएकाे छ।

 

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  ११:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार