महोत्तरीमा प्रतिबन्धित १६० केजी गाजा बरामद

शुक्रबार, माघ १४, २०७८

महोत्तरी, १४ माघ । सशस्त्र प्रहरी बलले महोत्तरीको महोत्तरी गाउँपालिकाबाट १ सय ६० किलाेग्राम गाजा बरामद गरेको छ ।सशस्त्र प्रहरी छिनमस्ता बाहीनीबाट खटिएको टाेलीले रानीरतवाडाबाट गाजा बरामद गरेको हो ।सशस्त्र प्रहरी मधेस प्रदेशका बाहिनीपति गणेश ठाडामगरका अनुसार गणेश चौधरीको घर पछाडि रहेको  परालको टौवाबाट १ सय ६० गाजा फेला परेको हो ।  परालको टौवामा लुकाइराखेको १६ पोकामा १६० केजी गाजा रहेको प्रहरीले जनाएको छ । बरामद भएको गाजा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको ठाडामगरले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  ११:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार