सोसल मिडिया
Contact Us
युनिकोड
इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबारदेखि श्रीलंकाको भ्रमण सुरु गरेका छन् । दुई दिने औपचारिक भ्रमणका लागि उनी आज त्यस तर्फ प्रस्थान गरेका हुन् । पाकिस्तानी प्रधानमन्त्री खान श्रीलंकालीसमकक्षीको निमन्त्रणामा श्रीलंका भ्रमणमा गएका हुन् । भ्रमण टोलीमा प्रधानमन्त्रीसँगै पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरेशी, प्रधानमन्त्रीका बाणिज्य, उद्योग, कर तथा लगानी सम्बन्धी सल्लाहकार अब्दुल रजाक दाउद र प्रधानमन्त्रीका विषेश सहयोगी सयद जुल्फिकार अब्बास बुखारी पनि सहभागी छन् । प्रधानमन्त्री भएपछि उनको यो पहिलो श्रीलंका भ्रमण हो । उनी सन् २०१८ को अगस्टमा पाकिस्तानको प्रधानमन्त्री भएका हुन् । खान नेतृत्वको भ्रमण टोलीले व्यापार, लगानी, स्वास्थ्य, शिक्षा, कृषि, विज्ञान तथा प्रविधिलगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।– सिन्ह्वा