मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता

पाँच हजार ९०० जनसङ्ख्या, मतदाता ६ हजार ३०९ 
बिहीबार, माघ १३, २०७८

मनाङ, १३ माघ ।  केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको  तथ्याङ्क विसं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम  देखिएको हो ।  विसं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसङ्ख्या थियो भने विसं २०७४को जनसङ्ख्याभन्दा अहिलेको सङ्ख्या २५५ ले घटेको देखिएको छ । उक्त  तथ्याङ्कअनुसार जिल्लाको जनसङ्ख्याभन्दा मतदाता सङ्ख्या भने बढी देखिएको छ  ।  विसं २०७७ चैतसम्म १८ वर्ष पूरा भएका मतदाता सङ्ख्या ६ हजार ३०९ रहेको थियो भने चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ६१२ मतदाता थपिएका छन् । अहिले सार्वजनिक भएको जनसङ्ख्या भन्दा ९६७ सङ्ख्याले मतदाता बढी रहेको देखिएको छ । मतदाता सङ्ख्याभन्दा जनसङ्ख्या कम भएपछि गणक, पर्यवेक्षक तथा निर्वाचन आयोगले सङ्कलन गरेकामध्ये कुन चाहीँ तथ्याङ्क सही भनेर पहिचान गर्न मुस्किल भएको छ । जनगणना अनुसार नार्पाभूिम गाउँपालिकामा ४४२ अर्थात  सबैभन्दा कम जनसङ्ख्या रहेको छ ।  प्रारम्भिक जनगणना पहिलो चरणमा  गत भदौ ३० देखि असोज १८सम्म  र दोस्रो चरणमा गत कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।–रासस 

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १६:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार