बुबाको हत्या गर्ने खत्रीमाथि थप अनुसन्धान जारी 

बिहीबार, माघ १३, २०७८

मोरङ, १३ माघ  । आफ्नै बुबाको हत्या गरेको आरोपमा पक्राउ परेका मोरङ बेलबारी नगरपालिका–९ डाँगाबजारका ३५ वर्षीय जयबहादुर खत्रीमाथि थप अनुसन्धान भइरहेको छ । बुधबार राति पक्राउ परेका उनीमाथि थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जानकारी दिएको छ ।  आफ्नै बुबा ८० वर्षीय दलबहादुर खत्रीको कुटपिट गरी हत्या गरेको आरोपमा राति जयबहादुर पक्राउ परेका थिए । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका जयबहादुरले घरायसी विषयमा वादविवाद हुँदा बुबा दलबहादुरलाई कुटपिट गरेका थिए । छोराको कुटपिटबाट दलबहादुरको मृत्यु भएको खबर पाउनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले जयबहादुरलाई पक्राउ गरेको हो । 
 

 

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १३:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार