भाइकी २७ महिने छोरी हत्या गर्ने स्याङ्जाका बासुदेव पक्राउ

बिहीबार, माघ १३, २०७८

स्याङजा, १३ माघ । आफ्नै भाइकी २७ महिने छोरी हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चापाकोट नगरपालिका–७ पिपलछाप बस्ने ३८ वर्षीय बासुदेव ढकाल छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार ढकालले आफ्नै सहोदर भाइकी छोरी २७ महिनाकी सुबिना ढकालको हत्या गरेर फरार रहेका थिए । ढकालले सुबिनालाई ज्यान मार्ने मनसाय लिई जमिनमा पछारी अचेत बनाई छाडेर भागेका थिए । घटनाको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले अचेत अवस्थामा रहेकी सुबिनालाई उपचारको लागि रामपुर अस्पताल रामपुर पाल्पामा पठाएको थियो । तर, उनको उपचारको क्रममा मृत्यु भयो । उनीउपर ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत स्याङजाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १२:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार