सामूहिक बलात्कारका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

बुधबार, माघ १२, २०७८

काठमाडौँ, १२ माघ । जिल्ला अदालत काठमाडौँले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा भएको सामूहिक बलात्कारका आरोपित नौ जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।  न्यायाधीश रामचन्द्र पौडेलको इजलासले आज उक्त घटना नौ जनालाई आरोपीलाई थुनामा राख्न र उक्त घटनामा प्रयोग भएका ३ गेष्टहाउस सञ्चालकहरूलाई जनही रु ३÷३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।  गत पुस १२ गते ३४ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो।
 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  २२:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार