सोसल मिडिया
Contact Us
युनिकोड
लन्डन । राजकूमार (डुक अफ एडिनवर्ग) फिलिपको बुढ्यौलीका कारण देखिएको स्वास्थ्य समस्या क्रमशः ठिक हुँदै गइरहेको उनका छोरा तथा बेलायती राजपरिवारको दोस्रो उत्तराधिकारी राजकुमार विलियमले जानकारी दिएका छन् । उनान्सय–वर्षीय राजकूमार प्रिन्सको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिन पहिले अस्पताल भर्ना गरिएको थियो । एक साताको उपचारपछि फिलिपको स्वास्थ्य सामान्य हुँदै गएको उनका छोरा राजकुमार विलियमले जानकारी दिए । ३८ वर्षीय विलियमलाई पूर्वी इङ्ल्याण्डको एक खोप केन्द्रको निरीक्षण तथा अनुगमनका क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रिन्स फिलिपले अस्पतालमा लगभग एक हप्ता बिताएको जानकारी दिए । ‘अहिले उहाँलाई ठीक छ’ चिकित्सकले उहाँको स्वास्थ्यको हेरचाह गरिरहेका छन् ।’ विलियमले भने । पाको उमेरका राजकूमार फिलिपको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सङ्केत पनि उले गरेका छन् । प्रिन्स फिलिप ७३ वर्षदेखि महारानी एलिजावेथ द्वित्तीयको पतिका रूपमा सहकार्य गर्दै आएका छन् । उनलाई गत मङ्गलबार लन्डनको निजी किंग एडवर्ड सातौं अस्पतालमा भर्ना गरिएको थियो । उहाँको अस्पतालको बसाइलाई बकिंघम प्यालेसले उपचार नभई ‘सावधानीको उपाय’ भनेको छ । दरबार स्रोतहरूका अनुसार उनको अस्पताल भर्ना कोरोना भाइरससम्बन्धी नरहेको र स्वास्थ्य उत्साहजनक रहेको बताइएको छ । विलियमका बावु राजकूमार चाल्र्सले शनिबार आफ्ना बावु फिलिपलाई अस्पतालमा भेट्न गएपनि उनको स्वास्थ्यका बारेमा टिप्पणी भने गरेनन् ।–एएफपी