हिमपातका कारण अफगानिस्तानमा ४२ को मृत्यु, ७६ घाइते 

सोमबार, माघ १०, २०७८

काबुल, १० माघ । अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । हिमपातमै परी अरु ७६ जना घाइते समेत भएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार समाचार सम्प्रेषण गरेका छन् । तालिवान सरकारको प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा हिमपात भएको जानकारी दिएको छ । मन्त्रालयका अधिकारीहरुले हिमपातका कारण दुई हजारभन्दा बढी घरहरुमा क्षति पुगेको पनि जनाएका छन् । पछिल्लो २० दिनमा यति ठूलो क्षति भएको अधिकारीहरुको भनाई छ । उनीहरुले हिमपातबाट प्रभावितहरुलाई मन्त्रालयको तर्फबाट अत्यावश्यक सेवा तथा सामग्रीहरु उपलब्ध गराइएको पनि उल्लेख गरेका छन् । प्रतिकुल मौसमका कारणले हिमपातबाट प्रभावित भएकाहरुलाई खोजी, उद्धार तथा राहतका लागि गाह्रो भइरहेको घटनास्थलमा खटिएका अधिकारीहरुले बताएका छन् ।  प्रभावितहरुलाई विभिन्न ठाउँमा स्थानान्तरण गरेर अस्थायी शिविर बनाएर राखिएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।– रासस/एएनआई
 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  २२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार