पाकिस्तानले पायो सर्वोच्चमा पहिलो महिला न्यायाधीश, तर देशभरका वकिलको विरोध

सोमबार, माघ १०, २०७८

इस्लामाबाद, १० माघ । पाकिस्तानमा पहिलो पटकमा सर्बोच्च अदालतमा महिला न्यायाधीश नियुक्त भएकी छिन् । न्यायाधीश आयसा मलिकले सोमबार सर्वोच्च आदलतको न्यायाधीशको सपथ खाएर इतिहास रचेकी हुन् ।  बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी) ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । आयोगका पाँच सदस्यमध्ये चार जनाले उनको पक्षमा मतदान गरेका थिए । सर्वोच्चका प्रधान न्यायाधीश गुल्झर अहमेदले सोमबार नै मलिकलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।  मलिकलाई सर्वोच्चको न्यायाधीश हुन त्यति सहज वातावरण थिएन् । किनकी उनको प्रमोसनमा देशभरका वकिलहरुले विरोध गरेका थिए । वरिष्ठताका हिसावले उनी लाहोर उच्च न्यायालयको चौथो वरियतामा थिइन् । मलिकको नियुक्तिको विरोधमा पाकिस्तान वार काउन्सीलले पनि आन्दोलन घोषणा गरेको थियो ।  सर्वोच्चका १७ न्यायाधीशमध्ये अगस्टमा एक जना न्यायाधीशले सेवानिवृत्त पाएपछि एउटा सिट रिक्त थियो । 
 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १३:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार