यमनमा भएको हवाई आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

आइतबार, माघ ९, २०७८

संयुक्त राष्ट्रसङ्घ, ९ माघ । यमनको सादा नामक सहरमा रहेको एक थुना केन्द्रमा भएको हवाई हमलाको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । सो हमलामा परी कम्तीमा पनि १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । शुक्रबार साउदी अबेरियाको नेतृत्वको सैन्य समूहले त्यहाँ हवाई आक्रमण गरेको थियो ।
उक्त आक्रमणमा परेर अरु कम्तीमा पनि १०० घाइते पनि भएका छन् । घाइतेको नजिकैको अस्पतालमा उपचार जारी छ ।
शुक्रबार रातिको समयमा जेललगायतका स्थानमा साउदी सेनाले हवाइ आक्रमण गरेको थियो । कम्तीमा १००को मृत्यु भएको र अरु १०० भन्दाबढी घाइते भएका अनुमान गरिएको उद्धारकर्ताले शुक्रबार बताएका हुन् ।
सो घटनाको राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले निन्दा गरेका छन् । उनले हवाई हमलाबाट थुनामा रहेका व्यक्तिको ज्यान जानु ठूलो अपराध भएको बताएका हुन् ।
यस्ता नागरिक हत्याका कार्य तत्कालै बन्द गर्न उनले विज्ञप्तिमार्फत् आग्रह पनि गरेका छन् । यस्ता कार्य निन्दनीय रहेको भन्दै नागरिकको सुरक्षाको उनले माग पनि गरेका छन् । यमनस्थित रेडक्रसको अन्तरराष्ट्रिय समितिका प्रवक्ता बाशीर उमरले हुथी विद्रोहीको प्रभाव क्षेत्रमा रहेको सादा सहरमा भएको आक्रमणमा धेरै व्यक्ति सख्त घाइते भएका बताएका छन् । इराननिकट मानिने यमनी समर्थित हुथी विद्रोहीले जारी गरेको तस्बीरमा उद्धारकर्मीले ध्वस्त भएका जेल भवनबाट क्षतविक्षत मृत शरीर तानेर थुपार्दै गरेका दृश्य देखिएका छन् । हुथीले संयुक्त अरब इमिरेट्समा हवाईजहाज र क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको पाँच दिनपछि यी हमला भएका छन् ।
पछिल्ला केही महिनामा हुथी व्रिद्रोहीलाई लक्ष्य गरेर साउदी अरेबियाको नृतृत्वमा रहेको सैन्य समूहले यमनी आकासबाट हमला गर्ने गरेको छ । यसबाट हुथी विद्रोहीका साथै सर्वसाधारणको पनि ज्यान जाने गरेको छ ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  २२:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार