इरानले क्षेत्रीय स्थायित्वका लागि टर्कीसँग बलियो सहकार्य गर्ने 

आइतबार, माघ ९, २०७८

इरान (तेहरान), ९ माघ । इरानका राष्ट्रपति इब्राहिम रायसीले शनिबार टर्कीसँग क्षेत्रीय स्थायित्वका लागि सम्बन्ध र सहयोगलाई सुदृढ गर्ने वाचा गरेको इरानको राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख गरिएको छ ।
“इरानको टर्कीसँग सम्बन्ध, सहयोगको दीर्घकालीन, व्यापक दृष्टिकोण छ र हामी टर्कीसँग रणनीतिक सहयोगको योजनालाई स्वागत गर्दछौँ”, टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानसँगको फोन वार्तामा रायसीले भने । राईसीले यस क्षेत्रको दीर्घकालीन सुरक्षा र स्थायित्वका लागि देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । 
एर्दोगानले आफ्ना पक्षको लागि टर्कीले सुदृढ पार्न विविध आर्थिक सहयोगको सूची तयार गरेको बताएका छन् । टर्कीका राष्ट्रपतिले इरानले टर्कीलाई ऊर्जाको निरन्तर आपूर्तिमा जोड दिँदै टर्कीले इरानलाई भरपर्दो ऊर्जा आपूर्तिकर्ता मानेको र त्यससँग सहकार्य बढाउन खोजेको समेत बताएका छन् । सो अवसरमा एर्दोगानले क्षेत्रीय सुरक्षा सुनिश्चित गर्न इरानसँग आफ्नो देशको सहयोगको महत्वमा पनि जोड दिएका छन् ।–एएनआई/सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  २२:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार