कोभिडका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको बिवाह रद्द 

आइतबार, माघ ९, २०७८

वेलिंग्टन (न्युजिल्याण्ड), ९ माघ । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिएकी छिन् । उनले नियमित पत्रकार सम्मेलनमा आइतबार बिवाह कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिएकी हुन् । बिवाह, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठूलो भीड हुने गर्छ हाललाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न सुझावसमेत दिएकी छन् । यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउँनसमेत सबैमा आग्रह गरेको छ ।– रासस/एएनआई
 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  २२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार