३६ यात्रुमा कोभिड देखिएपछि किरीबाटीमा लकडाउन

आइतबार, माघ ९, २०७८

किरीबाटी, ९ माघ । टापु राष्ट्र किरीबाटीमा महामारी सुरु भएपछि पहिलो पटक लकडाउन घोषणा गरिएको छ । पहिलो अन्तर्राष्ट्रिय उडानका यात्रुमा कोभिड देखिएपछि लकडाउन घोषणा गरिएको हो । फिजीबाट किरीकबाटीका लागि उडेको विमानका ३६ यात्रुमा कोभिड देखिएको थियो । यसअघि चार जनामा भाइरस देखिएको थियो । गत साता मात्र किरीबाटीमा दुई जनामा कोभिड देखिएको थियो ।  किरीबाटी विश्वकै सबैभन्दा एक्लो टापुमध्यको एक हो । किरीबाट नजिकको महादेश अस्ट्रेलियासम्मको दूरी चार हजार ८०० किलोमिटर टाढा छ । सन् २०२० को जनगणना अनुसार यहाँको जनसंख्या १ लाख १९ हजार छ । 
 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  ११:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार