युक्रेन विवादः जर्मनीका नौसेनाका प्रमुखले दिए राजीनामा

आइतबार, माघ ९, २०७८

किभ, ९ माघ । खजर्मनीका  नौसेनाका प्रमुखले राजीनामा दिएका छन् । युक्रेनबारे विवादास्पद टिप्पणीपछि के अचिम स्चोनव्याचले राजीनामा दिएका हुन् । रसियाले युक्रेनमा अतिक्रमण गर्न चाहेको विषय बकबास भएको उनले टिप्पणी गरेका थिए । उनकाे भनाईकाे जर्मनी, अमेरिका, बेलायतलगायतका देशहरुले आलाेचना गरेका थिए । अमेरिका, बेलायतलगायतका विभिन्न देशहरुले युक्रेनलाई हतियार उपलब्ध गराएका छन् । तर, जर्मनीले भने युक्रेनले गरेको हतियार मागको आग्रह अस्वीकार गर्दै आएको छ ।  रसियाले आफूले युक्रेनमाथि अतिक्रमण गर्ने आशय नभएको बताउँदै आएको छ । रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेन नेटो गठबन्धनमा आवद्ध हुन नहुने बताउँदै आएका छन् । राष्ट्रपति पुटिने नेटोले सैन्य अभ्यास रोक्नुपर्ने र पूर्वी युरोपमा हतियार पठाउन नहुने बताउँदै आएका छन् ।  यसैबीच, पुटिनले मस्को समर्थित सरकार गठनको अभ्यास गरेको बेलायतले आरोप लगाएको छ । 
 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  ११:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार