सोसल मिडिया
Contact Us
युनिकोड
बर्लिन, ८ माघ । जर्मनीको उदारवादी समूह, क्रिश्चियन डेमोक्र््याटिम यूनियन (सीडीयू)ले शनिबार पूर्व चान्सलर एन्जेला मर्केलका कटुआलोचक फ्रेडरिक मर्जलाई भारी बहुमत दिएर नयाँ नेता निर्वाचित गरेको छ । मर्केलले १६ वर्षसम्म जर्मनीको चान्सलर भई सोसल डेमोक्र््याट्स समूहको नेतृत्व गरी सन् २०२१ मा नेतृत्वबाट विदा लिएकी छन् । जर्मनीको ग्रीन्स पार्टी र फ्रि डेमोक्र्याट्ससँग तीनतर्फी गठबन्धनको नेतृत्वमा सोसल डेमोक्र््याट्स समूहबाट ओलाफ सोल्ज मर्केलको उत्तराधिकारी भएका छन् । हालैका वर्षहरूमा मर्केलको नेतृत्वलाई दुई पटक अस्वीकार गरेपछि चुनावी हारले क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) लाई पुनः एकिकरण गरी उत्तराधिकारीका रूपमा ६६ वर्षीय मर्जलाई नेतृत्वमा ल्याएको हो । सीडियूबाट एक मात्र उम्मेदवार मर्जले ९८० प्रतिनिधिहरू सहभागी रहेको भर्चुअल सम्मेलनमार्फत् भएको निर्वाचनमार्फत् पार्टीमा ९५ प्रतिशत समर्थन पुष्टि गर्दै मर्केलको उत्तराधिकारी चयन भएका छन् । सेप्टेम्बरमा सम्पन्न चुनावमा सोल्जको सोशल डेमोक्र््याट्ससँग हार व्यहोरेपछि सीडीयूले आफ्नो चहराइरहेको घाउ सुम्सुमाइरहेको छ । यसलाई मर्जका पूर्ववर्ती आर्रिन लाशेटले पार्टीमा आफ्नो इतिहासमा सबैभन्दा खराब प्रदर्शन भएको बताएका छन् । यस वर्ष सम्पन्न गरिने क्षेत्रीय निर्वाचनहरूमा धेरै सफलता हात पार्ने लक्षसहित मर्जले भने, “हामी एक बलियो विपक्षी हुनुपर्छ ।” नयाँ चान्सलरले युक्रेनमा रूसको महत्वाकांक्षा र कोभिड–१९ विरुद्ध अनिवार्य खोप लगाउने दुवैमा कडा धारण लिनुपर्ने भन्दै सोल्जको नेतृत्वले अपेक्षाकृत काम गर्न नसकेको विपक्षी नेतामा निर्वाचित भएपछि मर्जले सोल्जको कार्यशैलीप्रति आलोचना गरेका छन् । सीडीयूका नेतामा निर्वाचित नेता मर्ज लामो समयदेखि पार्टीमा मर्केलको आलोचक रहँदै आएका छन् । भूतपूर्व चान्सलर मर्केलले मर्जलाई संसदीय दलको अध्यक्षको ओजपूर्ण पदबाट हटाएपछि विगत २० वर्षदेखि मर्केल र मर्जबीच द्वन्द्व बढेको बताउने गरिएको छ । सन् २००९ मा, मर्जले वित्तीय कारोबारका लागि स्थानान्तरण गर्न राजनीतिबाट पछि हटेका थिए । यसबीचमा उन एक सम्पन्न व्यवसायी बनेका थिए भने अरबौँ डलर बराबरको सम्पत्ति कमाउनुका साथै ठूला कम्पनीहरूभित्र पनि धेरै प्रभावशाली भूमिका निर्वाह गरेका थिए । उनी विशेषगरी ब्ल्याकरोक नामक कम्पनीका लगानी प्रबन्धक बनेका थिए । यसबीचमा उनले मर्जले सफल वकिलको रूपमा पनि नाम कमाएको छन् । सन् १९९४ मा पहिलो पटक संसदमा प्रवेश गरेका तीन छोराछोरीका विवाहित क्याथोलिक पिताको आफ्नै दुईवटा हवाईजहाज रहेका छन् ।– रासस/एएफपी