यमनमा ७० जनाको मृत्यु हुने गरी भएको हमलाको राष्ट्रसंघले गर्‍यो निन्दा

शनिबार, माघ ८, २०७८

साना, ८ माघ : राष्ट्रसंघले यमना भएको हवाई हमलाको निन्दा गरेको छ । यमनको थुना केन्द्रमा भएको हवाई हमलामा ७० जनाको मृत्यु भएको थियो । 

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हमलाको निन्दा गर्दै यमनमा जारी तनाब अन्त्य हुनु पर्ने बताएका छन् । सो हमला साउदी नेतृत्वको गठबन्धन समूहले गरेको अनुमान गरिएको छ । समूहले यमनमा हुथी विद्रोहीविरुद्ध सन् २०१५ देखि हमला गर्दै आएको छ । तर, गठबन्धनले सो हमलामा आफ्नो संलग्नता नभएको बताउँदै आएको छ । 

हुथी विद्रोही र साउदी गठबन्धन समूहबीच जारी युद्धमा  बालबालिकासहित दशौं हजार सर्वसाधरण मारिएका छन् । युद्धका कारण लाखौं मानिस विस्थापित भएका छन् । खडेरीका कारण यमनका लाखौं मानिस खडेरीको चपेटामा परेका छन् ।- एजेन्सी

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १४:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार