पाकिस्तानको बिस्फोटमा तीन जनाको मृत्यु

शुक्रबार, माघ ७, २०७८

लाहोर, ७ माघ । पाकिस्तानको लाहोरस्थित लोहारी गेट क्षेत्रमा भएको शक्तिशाली बिस्फोटमा कम्तिमा तीन जनाको मृत्यु भएको छ । बिस्फोटमा २० जनाभन्दा बढी घाईते भएका छन् । बिस्फोटपछि साढे १ फिट गहिरो खाडल परेको प्रहरीले जनाएको छ ।  बिस्फोटको कुनै समूहले जिम्मा लिएको छैन् । बिस्फोटबारे थप अनुसन्धान भइरहेको छ । बिस्फोटपछि सबारी साधन जलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १२:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार