सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन । डेलवेअर राज्यबाट निर्वाचनमा विजयी भएपछि सारा म्याक्ब्राइड संयुक्त राज्य अमेरिकाको पहिलो परलिङ्गी (तेस्रो लिङ्गी) सिनेटर बन्ने भएकी छन् । रिपब्लिकन स्टीभ वाशिङ्टनलाई हराउँदै डेमोक्रयाटिक ह्यारिस म्याक्डोवेलको ठाउँमबाट उनी निर्वाचित भएकी हुन् । तीस वर्षीया म्याक्ब्राइडले एलजीबीटी अधिकारको पक्षमा वकालत गर्ने ह्यूमन राइट्स क्याम्पेनमा प्रेस सचिवको रूपमा काम गरेकी छन् । उनले ओबामा कार्यकालमा ह्वाइटहाउसमा प्रशिक्षार्थीका रूपमा पनि काम गरेकी थिइन् । उनी देशकै सबैभन्दा उच्च पदमा पुग्ने परलिङ्गी बनेकी छन् । भर्मन्टमा २६ वर्षीया टेलर स्मल हाउस अफ रेप्रिजेन्टटिभ्सका लागि निर्वाचित भएकी छन् । उनी उक्त राज्यकी प्रथम परलिङ्गी सांसद हुन् । न्यूयोर्कबाट ३२ वर्षीय रिची टोरेस कंग्रेसका पहिलो अश्वेत समलिङ्गी सदस्यका रूपमा निर्वाचित भएका छन् । उनीसँगै अर्का समलिङ्गी उम्मेदवार मोन्डेअर जोन्सले पनि विजयी भएका छन् । नर्थ क्यारलाइनाबाट २५ वर्षीय म्याडिसन कअथोर्न यसपालि निर्वाचित हुने कान्छा उम्मेदवार बनेका छन् । उनी सन् १९९० को दशकमा जन्मिएका हुन् ।
एरिजोनाबाट पूर्वअन्तरिक्षयात्री सिनेटमा
जर्जिआ सजिलै जितेकी ४६ वर्षीया मार्जरी टेलर ग्रीनलाई अमेरिकी सञ्चारमाध्यमहरूले खुला रूपमा ‘क्यूएनन’ षड्यन्त्रको सिद्धान्तको समर्थन गर्ने पहिलो अमेरिकी सांसदका रूपमा चित्रण गरिरहेका छन् । उक्त विवादित मान्यताका अनुसार सत्ता, व्यापार र सञ्चारमाध्यममा भएका दुष्टात्माहरूको पूजा गर्ने बाल यौन दुराचारीविरुद्ध डोनल्ड ट्रम्पले गोप्य युद्ध गरिरहेका छन् । ग्रीनले फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा क्यूएनन सिद्धान्तबाट आफूलाई टाढै राख्ने प्रयास गरेकी थिइन् । उनी स्वयंले चाहिँ आफूले पश्चिमोत्तर जर्जिआबाट निर्वाचित हुने पहिलो महिला सांसदको कीर्तिमान बनाएको बताएकी छन् । अनि अन्तरिक्षयात्री मार्क केलीले एरिजोना राज्यमा जित हात पार्दै सिनेटसम्मको यात्रा सुनिश्चित गरेका छन् । तर उनी सिनेटमा निर्वाचित हुने पहिलो अन्तरिक्षयात्री भने होइनन् । यसअघि ओहायोका पूर्वसिनेटर जोन ग्लेनको नाममा उक्त कीर्तिमान छ । सन् १९७४ मा पहिलो पटक निर्वाचित उनी सन् १९९९ सम्म सिनेट सदस्य थिए । बीबीसी