‘मैले गरेको काममा माफी माग्दिनँ’ राष्ट्रपति बाइडेन

बिहीबार, माघ ६, २०७८

वासिङ्गटन (अमेरिको), ६ माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट फिर्ता हुने आफ्नो निर्णयको बचाउ गर्दै आफूले गरेको कामको लागि माफी नमाग्ने बताएका छन् । 
आफ्मो कार्यकाल एक वर्ष पूरा गरेको अवसरमा बोल्दै उनले भने, “अफगानिस्तानबाट २० वर्षपछि सजिलै बाहिर निस्कने कुनै उपाय थिएन । जतिसुकै गरे पनि त्यसो गर्नु सम्भव थिएन त्यसैले मैले गरेको कामका लागि म माफी माग्दिनँ ।”
“यद्यपि, बाइडेनले अगस्टको मध्यमा तालिबानले सत्ता कब्जा गरेपछि विकसित अफगानिस्तानको सङ्कटप्रति भने सहानुभूति व्यक्त गरेका छन् । 
पोटसले भने “तालिबानको अयोग्यताको कारण अफगानिस्तानमा के भइरहेको छ”, भनेर आफूलाई नराम्रो लाग्यो । मलाई ती महिला र पुरुषहरूका लागि ठूलो चिन्ता छ जुन उनीहरूमाथि आतङ्कवादी हमलाले विमानस्थलमा पारेको पीडाप्रति दुःख छ ।”
अफगानिस्तानको निर्णयबाट आफ्नो फिर्तीको बचाऊ गर्दै बाइडेनले असफलताको लागि अघिल्लो प्रशासनलाई दोष दिएका छन् । 
“यदि हामी बाहिर नआएको भए हामीले धेरै बलहरू भित्र्याउने थियौँ ... तालिवानको अक्षमताको परिणामको रूपमा के भइरहेको छ भनेर मात्र भएन “विश्वभरि जेजे भइरहेको छ हामी हरेक समस्या समाधान गर्न सक्दैनौं । र त्यसैले म यसलाई योग्यताको मुद्दाको रूपमा पनि हेर्दिनँ”, राष्ट्रपति बाइडेनले भने ।
“एउटै सरकारको अधीनमा अफगानिस्तानलाई एकीकरण गर्न कोही सक्षम हुनेछ भन्ने लाग्छ भने आफ्नो हात उठाउनुहोस्? यो ठोस कारणका लागि साम्राज्यहरूको चिहान भएको छः यो एकताको लागि संवेदनशील छैन,“ बाइडेनको टिप्पणी छ ।
उनले अफगानिस्तानले अमेरिकालाई पारेको आर्थिक बोझको विषय पनि उठाएका छन् । अमेरिकी सेनालाई अफगानिस्तानमा राख्न निकै खर्च हुने सन्दर्भ उद्धृत गर्दै उहाँले शान्तिपूर्ण समाधानमा कुनै सम्भावना नभएको उल्लेख गरेका छन् ।

बाइडेनको चेतावनी ’रुसले युक्रेनमा आक्रमण गरेमा रुसका लागि विपद्’

अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन् । 
“रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ । यदि उसले युक्रेनमा आक्रमण ग¥यो भने यो रुसको लागि विनाशकारी हुनेछ”, बाइडेनले भने ।
“हाम्रा साझेदार र सहयोगीहरू रुस र यसको अर्थतन्त्रमा गम्भीर क्षति पु¥याउन तयार छन्”, अमेरिकी राष्ट्रपतिले भने । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो आक्रमण हुँदा महत्त्वपूर्ण आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । रुसले युक्रेनमा थप गतिविधि गरेमा मैले वाचा गरेको कडा प्रतिबन्ध लगाइने जुन कसैले कहिल्यै देखेको छैन, बाइडेनको थप चेतावनी छ । तर त्यो रुसको गतिविधि र युक्रेनमा गर्ने आक्रमणको स्तरमा भर पर्ने पनि बताएका छन् । “मैले पहिले नै युक्रेनीहरूलाई अमेरिकी डलर ६०० मिलियनभन्दा बढी मूल्यको परिष्कृत रक्षा उपकरणहरू पठाइसकेको छु । रूसीहरूका लागि यो महङ्गो पर्नेछ ।” 
युक्रेनको सीमामा पुटिनले आफ्ना एक लाख सेनालाई जम्मा गरिसकेको अमेरिकाको बुझाइ छ । “उनी के गर्न गइरहेका छन् भन्ने कुरामा म यत्ति निश्चित छैन । मेरो अनुमान छ कि उनी भित्र जान्छन् । उनले केही गर्नुपर्छ”, बाइडेनले सोभियतपछिको संसारमा सान्दर्भिकता खोज्ने नेताको वर्णन गर्दै भने । “उनी चीन र पश्चिम बीचको संसारमा आफ्नो स्थान खोज्ने प्रयास गर्दैछन् ।”
राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालको पहिलो वर्षको अवसरमा औपचारिक पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् ।–रासस–एएनआई
 

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  २२:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार