सोसल मिडिया
Contact Us
युनिकोड
काबुल, ६ माघ । अफगानिस्तानमा आयोजना गरिएको आर्थिक सम्मेलनमा ६० देशका प्रतिनिधि सहभागी भएको दाबी गरिएको छ । अफगानिस्तानमा सरकार बनाएको तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले सरकारद्वारा आयोजित आर्थिक सम्मेलनमा उनीहरू सहभागी भएको दाबी गरेका हुन् । गत बुधबार आयोजना गरिएको सम्मेलनमा देशको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका र बैंकीङ विषयमा छलफल भएको थियो । सम्मेलनमा तालिबान सरकारले आफ्ना असहमति, असन्तुष्टि, आशङ्का जे छन् ती सबै कुरा राख्न सबैलाई अनुरोध गरेको थियो । उनीहरूको आशङ्का र असन्तुष्टिलाई सम्बोधन गर्न आफूहरू तयार रहेको पनि सम्मेलनमा सहभागी तालिबानी नेताहरूले प्रतिबद्धता जनाएका थिए । महत्वपूर्ण परियोजनाहरू अफगानिस्तानमा ल्याउन पनि तालिबानी नेताहरूले सहभागीहरूलाई आह्वान गरेका थिए । अफगानिस्तानमा तालिबान विद्रोहीहरूले सरकार बनाएपछि विश्व समुदायबाट हुने सहयोग अधिकांश बन्द भएको छ । त्यसलाई फेरि निरन्तरता दिलाउने अपेक्षासहित सम्मेलनको आयोजना गरिएको अधिकारीहरूले जनाएका छन् ।
अफगानिस्तानको उत्तरी क्षेत्रमा छाना खस्दा ३ जनाको मृत्यु
अफगानिस्तानको उत्तरी प्रान्त तखारमा वर्षाका कारण भएको दुर्घटनामा एक वृद्ध र दुई बालबालिकाको मृत्यु भएको छ भने एकै परिवारका दुई सदस्य घाइते भएको स्थानीय स्रोतले बिहीबार जनाएको छ । “घाइतेहरूलाई बिहीबार बिहान इश्कामिस जिल्लाको हाम्रो अस्पतालमा भर्ना गरिएको थियो । इशको मन्डारा इलाकामा बुधबार अबेर राति घरको छत खसेर घाइते भएका बिरामीका परिचारकले बताए । स्रोतका अनुसार भर्खरै परेको भारी वर्षाले छत नराम्ररी भिजेको थियो जसले अन्ततः दुःखद दुर्घटना निम्त्यायो । अफगानिस्तानमा प्रायः घर र पसलहरू माटो र काठले बनेका हुनाले घरको छत भत्किने दुर्घटनाहरू प्रायः हुने गर्छन् । यसअघि जनवरीमा पनि पूर्वी लघमान प्रान्तमा यस्तै दुर्घटनामा पाँच वर्षीय बालकको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए ।– रासस/एएनआई