सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपाभित्र देखा परेको संकटका बारेमा कुराकानी भएको बताइएको छ । नेकपाभित्र निकै संकट देखिएको छ । पार्टी अध्यक्षसमेत रहेका ओलीविरूद्ध अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रतिवेदनका नाममा अभियोग पत्र नै पेस गरेको भन्दै ओली रुष्ट छन् । उनी निकट नेताहरूले राजनीतिक प्रतिवेदन नै मान्न नहुने बताउँदै छलफल गर्न नहुने बताइरहेका छन् । प्रधानमन्त्री ओली पनि कसरी अगाडि बढ्ने भनेर परामर्श गरिरहेका छन् । शनिबार मात्रै उनले आफूनिकट नेताहरूसँग बालुवाटारमा परामर्श गरेका थिए । केही दिन अघि राष्ट्रपति भण्डारीले नेकपा नेता वामदेव गौतमलाई भेट गरी पार्टी एकता जोगाउन भूमिका खेल्न अनुरोध गरेको सार्वजनिक भएको थियो । नेकपाका उपाध्यक्ष गौतमले राष्ट्रपति भण्डारी भेट्न शितल निवास पुगेर पार्टी एकताका बारेमा छलफल गरेपछि राष्ट्रपतिको भूमिकालाई लिएर टिकाटिप्पणी भएको थियो । ‘पहिले पनि पार्टी एकता जोगाउन भूमिका खेल्दै आउनुभएको छ । यसपटक पनि लाग्नुप¥यो’ राष्ट्रपतिले गौतमलाई आग्रह गरेकी थिइन् । उपाध्यक्ष गौतमले आफूले सक्दो पहल गर्ने बताएका थिए । नेकपाभित्र विवाद चर्किएका बेला गौतमको सक्रियतालाई अर्थपूर्ण रुपमा लिइने गरिन्छ । नौ सदस्यीय सचिवालयमा गौतम निर्णायक अवस्थामा छन् । गौतम जता लाग्यो, उतै बहुमत पुुग्छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनमा गौतम सहभागी हुँदै आएका छन् । गएको असार १० देखि बसेको स्थायी कमिटी बैठकमा त गौतमले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेका थिए । तर, पछि गौतम आफ्नो अडानबाट पछि हटेका थिए ।