सोसल मिडिया
Contact Us
युनिकोड
अफगानिस्तान (काबुल), २ माघ । अफगानिस्तानको काबुल हेरात, फर्याब, लाघमान र नान्गाहार प्रान्तमा गत हप्तामा भएका छुट्टाछुट्टै घटनामा कम्तीमा ३२को मृत्यु हुनाको साथै अन्य १६ जना घाइते भएको, स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रिपोर्टअनुसार अज्ञात व्यक्तिले हार्टमा एक मनी चेन्जरको हत्या गरेका छन् र लघमानमा एकै परिवारका पाँच सदस्यको मृत्यु भएको छ । त्यसैगरी नान्गाहारको लालपुरा जिल्लामा दुई विष्फोटमा नौ विद्यार्थी, दुई महिलाको मृत्यु भएको छ भने चार बालबालिका र एक महिला घाइते भएका छन् । काबुलमा, एक परिवारले बताएअनुसार १३औँ प्रहरी जिल्लाको सीमामा रहेको चेकपोस्टमा गोली चल्दा छोरी मारिएको पजवोक अफगान समाचारले बताएको छ । फर्याबको बालचर्ग जिल्लामा दुई समूहबीच झडप हुँदा दुईको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । मैमनामा सुरक्षाकर्मीबीचको गोली हानाहानमा एकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । आन्दोलनले हिंसात्मकरुप लिँदा मैमानामा एकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । रिपोर्टका अनुसार गत हप्ता राजधानी काबुलमा दुईवटा विष्फोट भएका थिए जसमा दुई सर्वसाधारण घाइते भएका थिए ।–रासस/एएनआई