सोसल मिडिया
Contact Us
युनिकोड
अमेरिका (वासिङ्टन), २ माघ । अमेरिकाको ओरेगन राज्यको युजेनमा रहेको कन्सर्ट हलबाहिर राति गोली चल्दा कम्तीमा छ घाइते भएका छन् । उनीहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । सिएनएनले उल्लेख गरेअनुसार लिल बीन र जे बैंग शोको क्रममा गोलीबारी भएको थियो । “राति ९ः२९ मा WOW हल, २१९W= 8th Avenue मा धेरै पटक गोली चलेको रिपोर्ट आएको थियो । प्रहरी प्रमुख क्रिस स्किनरले शनिबार बिहान पत्रकारलाई बताएअनुसार “पक्कै पनि युजीन शहरमा भएको सबैभन्दा उच्च प्रोफाइल गोलीबारीमध्येको एक हो । पीडितको शल्यक्रिया भएरहेको छ ।– रासस/एएनआई