मालीका पूर्वराष्ट्रपति इब्राहिम बौबाकर केइताको ७६ वर्षको उमेरमा निधन 

सोमबार, माघ ३, २०७८

बामाको, २ माघ । मालीका पूर्वराष्ट्रपति इब्राहिम बौबाकर केइताको आइतबार राजधानी बामाकोमा ७६ वर्षको उमेरमा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।
सन् २०१३ देखि पश्चिम अफ्रिकी मुलुकको नेतृत्व गरेका केइताले सन् २०२० मा भएको विद्रोहपछि देश निकाला नगरिएसम्म मालीको राष्ट्रपतिका रूपमा नेतृत्व सम्हाल्नुभएको थियो ।  
“राष्ट्रपति इब्राहिम बौबाकर केइताको आज बिहान (ग्रीनविच समयअनुसार ९ः०० बजे निधन भएको छ,” परिवारका एक सदस्यले एएफपीलाई जानकारी गराए । उनको मृत्युको परिवारका अन्य धेरै सदस्यहरूले सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट पुष्टि गरेका छन् ।  केइताको मृत्युको कारण भने बताइएको छैन । केइतालाई सन् २०२० मा दोस्रो पाँच वर्षे कार्यकालको दुई वर्ष नपुग्दै सेनाको सहयोगमा पदबाट हटाइएको थियो ।–रासस/एएफपी    

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  ०६:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार