यूएईको जहाजलाई छोड्न राष्ट्रसंघद्वारा यमनी विद्रोहीलाई आह्वान, हुथीद्वारा प्रस्ताव अस्वीकार 

शनिबार, माघ १, २०७८

साना, १ माघ । यमनका हुथी विद्रोहीले हतियार बोकेको भन्दै यस महिनाको शुरुमा आफूले बरामद गरेको संयुक्त अरब इमिरेट्सको ध्वजाबहाक जहाजलाई छोड्न अस्वीकार गरेका छन् । जहाज छोड्न संयुक्त राष्ट्रसंघले गरेको अनुरोधलाई शनिबार उनीहरूले अस्वीकार गरेका हुन् । 
“रुवाबी जहाजले केटाकेटीका लागि खेलौना बोकेको भन्ने दावी गलत हो । बरू यसले कट्टरपन्थीहरूका लागि हतियार कोकेके थियो,” हुथी नेता हुसेन अल अज्जीले भने । इरान समर्थित हुथी समूहले ११ सदस्यीय चालक दलका साथ जनवरी ३ मा होडैडाको ‘रेड सी पोर्ट’ बाट जहाज जफत गरेका र त्यसपछि एउटा भिडियो जारी गरेका थिए । उनीहरूले जहाजमा सैन्य उपकरणहरू भेटिएको दावी गर्दै आएका छन् । 
संयुक्त अरब इमिरेट्सले रुवाबेलाई ‘नागरिक कार्गो जहाज’ भएको बताएको छ । उक्त जहाजलाई साउदी कम्पनीले भाडामा लिएको र ‘फिल्ड अस्पताल’ मा प्रयोग गरिने उपकरणहरू बोकेर अन्तरराष्ट्रिय पानीमा रहेको कम्पनीले बताएको छ । यमनको राजधानी सानालाई हुथीहरूले सन् २०१४ मा कब्जा गरेपछि मार्च २०१५ देखि अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई सहयोग गर्न साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनमा हस्तक्षेप गरेको थियो । 
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले रूवाबे र यसका चालक दललाई ‘तत्काल रिहाई’ गर्न माग गरेको छ । परिषद्ले ‘एडेन र रेड सीको खाडी अन्तरराष्ट्रिय ढुवानीको लागि एउटा रणनीतिक मार्ग भएको भन्दै ‘‘एडेन र रेड सीको खाडीमा ओहोरदोहोर गर्न पाउने स्वतन्त्रताको महत्वलाई’ जोड दिएको छ ।  
परिषद्ले वार्ता तालिकामा फर्कन संयुक्त राष्ट्रसंघका विशेष दूतसँग समन्वय गरेर ‘यमनको स्थितिलाई सामान्य बनाउन सम्बन्धित सबै पक्षहरूलाई’ आह्वान पनि गरेको छ । तर हुथी निकट अल–मसिरा टेलिभिजनले नेता अज्जीलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसँगले यमनमा ‘अन्तरराष्ट्रिय कानुन उल्लंघन गर्ने हत्याराहरूको’ पक्षमा काम रहेको आरोप लगाएको बताएको छ । हुथी नेताले रूवाबे ‘हाम्रा जनताविरुद्ध र यमनसँग युद्धमा भाग लिएको मुलुकको भएको र यमनी क्षेत्रको समूद्रमा अवैध रूपमा प्रवेश गरेको दावी गरेका छन् । परिषद्ले संयुक्त अरब इमिरेट्स साउदी अरब नेतृत्वमा भएको गठबन्धनको एक सदस्य भएपनि रुवाबेलाई जफत गर्नुलाई ‘चोरी (पाइरेसी)’का रूपमा हेरिएको बताएको छ ।– रासस÷एएफपी  

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  २२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार