टोकियोमा प्रवेश परीक्षाका क्रममा चक्कु प्रहारबाट तीन जना घाइते 

शनिबार, माघ १, २०७८

टोकियो (जापान) , १ माघ । जापानको टोकियो विश्वविद्यालयको प्रवेश परीक्षाका क्रममा चक्कु प्रहारबाट तीन जना घाइते भएको, राष्ट्रिय मिडियाले शनिबार जनाएको छ । जापानी प्रसारक एनएचकेका अनुसार स्थानीय प्रहरीलाई उद्धृत गर्दै एक १७ वर्षीय युवकलाई हत्या प्रयासको आशंकामा पक्राउ गरिएको छ ।  पीडितलाई पछाडिको भागमा चोट लागेको र अस्पताल लगिएको बताइएको छ । तीमध्ये दुई जना उच्च माध्यमिक विद्यालयका विद्यार्थी थिए जो त्यस दिन प्रवेश परीक्षा दिन आएका थिए भने अर्का पीडित ७० वर्षीय पुरुष थिए । उक्त घटना बारे छानबिन भइरहेको बताइएको छ ।-एएनआई/स्पुतनिक

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  १७:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार