अमेरिकाको रासायनिक कारखानामा आगलागी

शनिबार, माघ १, २०७८

न्यु जर्सी (अमेरिका) , १ माघ । संयुक्त राज्य अमेरिकाको न्यु जर्सी राज्यको पासाकमा रहेको एक रासायनिक कारखानामा शुक्रबार भीषण आगलागी भएको छ। फक्स न्युजले जनाएअनुसार शुक्रबार राति पासाइकको एक रासायनिक प्लान्टमा आगो लागेको थियो। पासाइक मेयर, हेक्टर लोराले सबै नजिकका बासिन्दालाई उनीहरूको झ्यालहरू बन्द गर्न आग्रह गरेका छन् ।
'हामी सबै बासिन्दाले झ्याल बन्द गर्न रनजिकको क्षेत्रबाट टाढा रहन आवश्यक छ' लोराले भने । लोराका अनुसार प्लान्टभित्रको रसायनमा आगो नपुगेको तर नजिकैबाट फैलिएको फक्स न्युजले बताएको छ । -रासस/एएनआई

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  १७:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार