पाँच पाकिस्तानी सैनिकको हत्या

शुक्रबार, फागुन ७, २०७७

इस्लामाबाद । पाकिस्तानको दक्षिणी वजिरिस्तान जिल्लाको सुरक्षा जाँच चौकीमा भएको आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ । सुरक्षा अधिकारीका अनुसार दक्षिणी वजिरिस्तानको जवार पोस्टमा बिहीबार राति आक्रमण भएको हो । आक्रमणमा परी पाँच सैनिकको मृत्यु हुनुका साथै अर्का एक सैनिक गम्भीर घाइते भएका छन् । सेनाले उक्त इलाकामा थप सैनिक परिचालन गरी आक्रमणकारीको खोजी कार्यलाई तीब्र बनाएको छ । उक्त आक्रमणको जिम्मेवारी पाकिस्तानी तेहरिक–ए–तालिबानीले लिएको छ । अफगानिस्तानसँग सीमा जोडिएको दक्षिणी वजिरिस्तान हतियारधारी विद्रोहीको गढका रुपमा चिनिन्छ । तर सरकारले व्यापक सैनिक परिचालन गरी त्यस क्षेत्रमा सक्रिय विद्रोहीलाई निस्तेज बनाउँदै लगेको छ । तैपनि, विद्रोहीले बेलाबखत उक्त क्षेत्रमा तैनाथ सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गर्ने गरेका छन् । यसै महिनाको शुरुमा पनि दक्षिणी वजिरिस्तानमा सुरक्षाफौज र लडाकूबीच गोली हानाहान भएको थियो । उक्त घटनामा चार जना विद्रोही र चार जना सैनिकको ज्यान गएको थियो ।–सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १५:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार