अमेरिकाद्वारा हालैको मिसाइल प्रक्षेपणको लागि उत्तर कोरिया विरुद्ध संयुक्त राष्ट्र सङ्घको नयाँ प्रतिबन्धको प्रस्ताव 

शुक्रबार, पुस ३०, २०७८

अमेरिका (वासिङ्टन), ३० पुस । संयुक्त राज्य अमेरिकाले सेप्टेम्बर २१ यता प्योङयाङद्वारा गरिएका छवटा क्षेप्यास्त्र प्रक्षेपणका लागि उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउन संयुक्त राष्ट्र संघलाई प्रस्ताव गरेको संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले बताएका छन् ।
अमेरिकाले सेप्टेम्बर २०२१ पछि उत्तर कोरियाले छ वटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेपछि संयुक्त राष्ट्रसंघ समक्ष नयाँ प्रतिबन्ध प्रस्ताव गरिरहेको छ । सन् २०२२ को शुरुदेखि उत्तर कोरियाले पहिले नै दुईवटा मिसाइल परीक्षण गरिसकेको छ  जुन जनवरी ५ र जनवरी ११ मा भएको थियो ।–एएनआई/स्पुतनिक
 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  ०७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार