सोसल मिडिया
Contact Us
युनिकोड
तिब्लिसी । जर्जियाका प्रधानमन्त्री गियोर्गी गखारियाले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले बिहीबार वक्तव्य जारी गर्दै आफू प्रधानमन्त्री पद त्याग गर्ने निश्कर्षमा पुगेको जानकारी दिए । संसद् सदस्य तथा संयुक्त राष्ट्रिय आन्दोलन पार्टीका प्रमुख निका मेलियालाई गिरफ्तार गरेको विषयमा सत्तारुढ दलसँग भएको सहमतिअनुसार उनले राजीनामा दिन लागेका छन् । मेलियालाई गिरफ्तार गर्नु गल्ती भएको स्वीकार गरिएको छ । यस घटनालाई देशकै खतरनाक राजनीतिक घटनाको रूपमा लिइएको अधिकारीहरूले जनाएका छन् । विवादमा परेपछि जर्जियाको संसदले मेलियाको सांसद पद मंगलबार निलम्बन गरेको छ ।