इरानमा शक्तिशाली भूकम्प, ४० भन्दा बढी घाइते 

बिहीबार, फागुन ६, २०७७

तेहरान । इरानमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ४० जना घाइते भएको अधिकारीले जानकारी दिएका छन् । देशको पश्चिमी क्षेत्रमा पर्ने सिसाख्त सहरलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण भौतिक संरचनाहरूमा समेत ठूलो क्षति पुगेको छ । घर तथा भवनहरू, सडकलगायतका संरचनाहरू भत्किएका छन् भने विद्युत, सञ्चार र पानी वितरणसम्वन्धी सञ्जाल टुटेका छन् ।  भूकम्पले पु¥याएको सवै क्षतिको विवरण भने संकलनको क्रममा रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।– सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  २१:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार