मिलमा सल बेरिएर महिलाको मृत्यु

बुधबार, पुस २८, २०७८

पुस, २८ अछाम । चौरपाटी गाउँपालिका-४ पायलका एक महिलाकाे कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ । साँफेबगर नगरपालिका-१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए । धान कुट्ने क्रममा सल बेरिएकाे हो । मृतक बोहराको शरीर दुई भाग भएकाे छ । उनका दुई छोरा दुई छोरी छन ।

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १३:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार