प्रचण्ड-विप्लवको पार्टीसँग तत्काल एकता हुँदैन : मोहन वैद्य

मंगलबार, पुस २७, २०७८

काठमाडौँ, २७ पुस । नेकपा (क्रान्तिकारी माओवादीका)  महासचिव मोहन वैद्यले तत्काल कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन् ।  
राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा महासचिव वैद्यले नेकपा (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट पार्टीसँग आफ्नो पार्टी एकताको पक्षमा नरहेको स्पष्ट पारे । उनले भने, “हामीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टी एकताको कुरा गरेका छैनौँ, उहाँहरु दुवै जनासँग पार्टी एकता हुन सक्दैन ।”   मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पनि आफ्नो पार्टीको एकता हुन नसक्ने वैद्यको भनाइ थियो । सिमाना र राष्ट्रियताको समस्या जटिल बन्दै गएको अवस्थामा सरकार चुप लागेर बसेको उनको आरोप थियो ।  

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  २०:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार