काठमाडौं उपत्यकामा २५ जनाभन्दा भेला हुन नपाइने 

मंगलबार, पुस २७, २०७८

काठमाडौं, २७ पुस । काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार बसेको संयुक्त बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो ।  काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो । यो निर्णयसँगै भेला, सम्मेलन, जुलुस निकाल्न रोक लागेको छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १६:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार