कर्णाली प्रदेशसभाको नवौं अधिवेशन भोलिदेखि 

मंगलबार, पुस २७, २०७८

कर्णाली, २७ पुस । कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले भोलि पुस २८ गतेका लागि अधिवेशन आह्वान गरेको हो । नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्ने निर्णय भएअनुसार पुस २८ गतेका लागि दिउसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत मदन खड्काले जानकारी दिए।
अधिवेशन आह्वान सम्बन्धी सूचना कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यलाई सूचना गरिएको छ । यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको विश्वासको मत लिने प्रयोजनका लागि गत मङ्सिर १४ बोलाइएको बैठक प्रतिपक्षी दल नेकपा (एमाले) उपस्थिति नभएका कारण यसको भोलिपल्ट मङ्सिर १४ गते प्रदेशसभा बैठक बसालिएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १३:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार