पत्रकार उमा सिंहको १३औं स्मृति दिवस मनाइँदै 

मंगलबार, पुस २७, २०७८

जनकपुरधाम, २७ पुस । पत्रकार उमा सिंहको हत्या भएको आज १३ वर्ष पूरा भएको छ । महिला हिंसा, तत्कालीन माओवादी द्वन्द्वपीडितको विषयमा खुलेर आलोचना गर्ने २५ वर्षीय सिंहको २७ पुस २०६५ सालमा हत्या गरिएको थियो । स्थानीय रेडियो टुडे एफएमका कार्यरत उमाको जनकपुरधाम रजौलस्थित डेरामा घरेलु हतियार प्रहार गरी हत्या गरिएको थियो ।  पत्रकार सिंहको १३औं स्मृति दिवस नेपाल पत्रकार महासंघ धनुषालगायत विभिन्न पत्रकार संघसंगठनले विभिन्न कार्यक्रम गरी आज मनाउँदैछन् । नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज दिउँसो १ बजे आफ्नै सभाहलमा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । पत्रकार सिंहका मुख्य हत्यारा स्वामी भनिने उमेश यादवलगायत केही धनुषा जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय आदेश भई महोत्तरीको जलेश्वर कारागारमा छन् । घटनामा संलग्न अन्य केही नेपाली तथा भारतीय नागरिक अझै कानुनी दायरामा आउन सकेका छैनन् ।

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १३:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार