नेदरल्याण्डमा नयाँ सरकार गठन, अर्थमन्त्रीद्वारा भिडियो मार्फत शपथ ग्रहण

सोमबार, पुस २६, २०७८

द हेग, २६ पुस  । नेदरल्याण्डमा नयाँ सरकार गठन भएको छ । नयाँ सरकारका पदाधिकारीहरूलाई सोमबार शपथ ग्रहण गराइएको छ । 
नेदरल्याण्डका राजा विलिम एलेक्जेण्डरले नयाँ गठबन्धन सरकारलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 
नयाँ सरकारको नेतृत्व पनि मार्क रुट्टेले गरेको छन् । उनले योसँगै चौथो पटक सरकारको नेतृत्व गरिसकेका छन् ।  गत मार्चमा निर्वाचन भए पनि २९९ दिनपछि मात्रै नयाँ सरकार गठन भएको हो ।
नयाँ सरकार चार पार्टीको गठबन्धनले बनाएको हो । प्रधानमन्त्री रुट्टेको पिपल्स पार्टी फर फ्रिडम एण्ड डेमोक्रेसी, क्रिश्चियन डेमोक्रेटिक अपिल, द डेमोक्रेट्स ६६ र क्रिश्चियन युनियन गरी चार पार्टी गठबन्धनमा रहेका छन् ।
शपथ ग्रहण समारोह द हेगस्थित राजदरबारमा आयोजना गरिएको थियो । तर नयाँ अर्थ मन्त्री सिग्रिड काग भने शपथ ग्रहण समारोहमा सहभागी हुनु पाएनन् । गठबन्धनमा आवद्ध द डेमोक्रेट्स ६६ का नेत्रीसमेत रहेकी काग कोरोनाभाइरसबाट सङ्क्रमित भएकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नपाएकी हुन् ।
उनलाई राजाले भिडियो मार्फत शपथ ग्रहण गराएका थिए । राजाले मन्त्रीलाई  भिडियो मार्फत शपथ ग्रहण गराइएको नेदरल्याण्डको इतिहासमा यो नै पहिलो घटना भएको बताइएको छ ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  २१:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार