संसद् अवरुद्धबारे छलफल गर्न एमाले तयार : उपाध्यक्ष नेम्वाङ

सोमबार, पुस २६, २०७८

मङ्गलबारे, २६ पुस ।  नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध भएको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताएका छन् । इलाममा पत्रकारहरूसँगको भेटमा उनले हालसम्म सरकारले औपचारिक पूरा गर्ने काम मात्र गरेको बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट गएर एमाले अध्यक्षलाई भेटेपछि केही आशा पलाएको बताए । 
संसद् अवरोद्ध गर्नु रहर नभई बाध्यता भएको बताउँदै उनले सरकारका लागि संसद् अवरोद्ध हुनु दुर्भाग्य भएको बताए । एमालेको १० औँ जिल्ला अधिवेशनबाट विजयी पदाधिकारी तथा जिल्ला सदस्यहरूलाई प्रमाणपत्र वितरणपछि उनले एमसिसी सम्झौतासमेत हाल सरकारमा रहेका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी) ले नै गरेको बताए ।
 

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  २०:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार