बढ्दो कोरोना संक्रमणको ग्राफ, आज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि

सोमबार, पुस २६, २०७८

काठमाडौं, २६ पुस : पछिल्लो २४ घण्टामा १४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा ११ हजार चार सय २९ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित पुष्टि भएका हुन् । 

यस्तैगरी, कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने दुई सय ५५ जना कोरोनामुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । 

मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ६ सय ६ जनाको मृत्यु भएको छ ।  

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १७:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार