एमाले अध्यक्ष केपी ओली सङ्खुवासभामा

सोमबार, पुस २६, २०७८

खाँदबारी, २६ पुस । नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनको उद्घाटन र पार्टी प्रवेश कार्यक्रमका लागि सो पार्टीका अध्यक्ष केपी शर्मा ओली सङ्खुवासभा आएका छन् ।  पूर्वप्रधानमन्त्री ओली आज हेलिकप्टरबाट सङ्खुवासभाको सदरमुकाम खाँदबारी आएका हुन् । उनका साथमा एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरु छन् । उनीहरुलाई  एमालेका स्थायी कमिटीका सदस्य एवं सांसद राजेन्द्र गौतम, एमालेका प्रदेश नं १ का अध्यक्ष तुल्सीप्रसाद नेउपाने, सङ्खुवासभा जिल्लाध्यक्ष जीतबहादुर घिमिरेलगायतले स्वागत गरे । 
खाँदबारी नगरपालिका–१ स्थित टुँडिखेलमा उद्घाटन हुने अधिवेशनको बन्दसत्र खाँदबारी–३ कृषि बजारमा हुनेछ । उद्घाटनका अवसरमा दुई वडाध्यक्षसहित विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार