प्रदेश सरकारले सहिद परिवालाई तीन लाख रुपैयाँ उपलब्ध गराउने

सोमबार, पुस २६, २०७८

सप्तरी, २६ पुस : प्रदेश २ सरकारका प्रवक्तासमेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले  मधेस आन्दोलनका क्रममा सहादत भएकाको परिवारलाई तीन लाख रुपैयाँ उपलब्ध गराउने बताएका छन् । 

आउँदो ५ माघमा प्रदेश सरकारले मनाउने बलिदानी दिवसको अवसरमा सहित परिवारलाई जनही तीन लाख रुपैयाँका दरले उपलब्ध गराउने मन्त्री साहको भनाइ छ । 

प्रदेश सरकारले यसपालि राजविराजमा बलिदानी दिवस मनाउने भएको छ । यस दिवसमा मधेस आन्दोलनमा सहिद भएका ५७ जनाको परिवारलाई तीन लाख रुपैयाँका दरले प्रदान गरिने मन्त्री साहल जानकारी दिए । 

नेपाल पत्रकार महासंघ, शाखा सप्तरीले सोमबार आयोजना गरेको लोकेन्द्र स्मृति दिवस कार्यक्रममा मन्त्री साहले सहिद परिवारलाई आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले आर्थिक सहयोग गर्न लागेको बताएका हुन् । 

उनका अनुसार मधेस आन्दोलनका घाइतेलाई अवस्था हेरेर २५ हजारदेखि तीन लाखसम्म प्रदान गरिने प्रदेश सरकारको निर्णय भएको छ।

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार