अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई २० करोड सहयोग गर्ने

बिहीबार, फागुन ६, २०७७

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहयोग गर्ने भएको छ । विश्व स्वास्थ्य सङ्गठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगमा शुरुमा कटौती गरेका थिए । पछि सहयोग रकम रोकेका थिए । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले बुधबार अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई २० करोड अमेरिकी डलर सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए । उनले अमेरिकाले सो रकम यसै महिनाको अन्त्यसम्ममा विश्व स्वास्थ्य सङ्गठनलाई दिने भएको जानकारी उनले बुधबार दिएका थिए । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को एक बैठकमा उनले भने, ‘अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई २० करोड जति अमेरिकी डलर रकम उपलब्ध गराउन लागेको छ ।’  विदेशमन्त्री एन्टोनीले अमेरिकाको एउटा दायित्व अन्तर्गत नै हामीले विश्व स्वास्थ्य सङ्गठनलाई यो रकम उपलब्ध गराउन लागेको बताए । 
हालको विश्वव्यापी महामारीका क्रममा विश्व स्वास्थ्य सङ्गठनलाई बजेट आवश्यक परेको महसुस भएको र सोही अनुसार यो रकम उपलब्ध गराउन लागेको उनले बताए । 
गत वर्ष मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई दिएको सहयोग रोक्ने मात्र नभएर सो सङ्गठनबाट अमेरिका बाहिरिएको निर्णय गरेका थिए । यो निर्णयको सर्वत्र विरोध भएको थियो । अमेरिकाभित्रै र बाहिर पनि सो निर्णयको विरोध भएको थियो । अमेरिकी राष्ट्रपतिमा जो बाइडन आएपछि अमेरिका विश्व स्वास्थ्य सङ्गठनको सदस्यबाट बाहिरिने निर्णय खारेज गरेका थिए । जो बाइडनले राष्ट्रपति पदको कार्यभार सम्हालेकै दिनमा नै ट्रम्प प्रशासनको सो निर्णय उल्ट्याएका थिए ।–सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  १८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार