एकल आमाको सन्तानले नागरिकता पाउनुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन 

आइतबार, पुस २५, २०७८

काठमाडौं, २५ पुस । जन्मसिद्ध र एकल आमाको सन्तानले नागरिकता पाउनुपर्ने माग राखेर काठमाडौंमा प्रदर्शन गरिएको छ ।  नागरिकताविहीन नागरिक संघर्ष समितिले आइतबार काठमाडौंको माइतीघर मण्डलामा नेपालको संविधानको धारा ११ को उपधारा ३ र ५ अनुसार जन्मसिद्ध र एकल आमाका सन्तानले नागरिकता पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेको हो । राज्यले आफूहरूलाई नागरिकता नदिएर गैर नागरिक बनाउन खोजेको उनीहरूको आरोप छ । साथै नागरिकता विधेयक संसदबाट पारित गर्न पनि उनीहरूको माग छ । माइतीघरमा जम्मा भएर उनीहरू नयाँ बानेश्वरसम्म ¥याली निकालेका थिए । 
 

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १५:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार