सोसल मिडिया
Contact Us
युनिकोड
न्यूयोर्क, २४ पुस : संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेकोसंयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएका छन् । ूकहिलेकाँही तपाईसँग शब्दहरू समाप्त हुन्छन्,ू दुजारिकले दुई पत्रकारको हत्यामा टिप्पणी गर्न सोध्दा भने । ूहामी यसवीभत्ष हत्याको स्पष्टरूपमा निन्दा गर्छौं। यो धेरै महत्त्वपूर्ण छ कि राष्ट्रिय अधिकारीले अपराधीहरूलाई पत्ता लगाउन, उनीहरूलाई न्यायको कठघरामा ल्याउन सक्दो गर्नुपर्दछ,ू डुजारिकले थपे। हाइटी २४ समाचार आउटलेटले जनाएअनुसार दुई पत्रकार एक आपराधिक समूहका सशस्त्र सदस्यबाट गोली हानिएका थिए । अर्का एक पत्रकार भने हमला भएको स्थानबाट भाग्न सफल भएको रिपोर्टले जनाएको छ । हाइटीले लामो समयदेखि गरिबी, गिरोह हिंसा र राजनीतिक संकटको सामना गरिरहेको छ । सन् २०२१ को जुलाईमा राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि राजनीतिक सङ्कट गहिरिदै गएको .एएनआई/स्पुतनिक