कोरोना सङ्क्रमणका बेला प्राधिकरणको कमाई कति ?     

शनिबार, पुस २४, २०७८

काठमाडौँ, २४ पुस । कोरोना–१९ महामारीका कारण मुलुकको आर्थिक र  सामाजिक क्षेत्रमा असर प¥यो । विशेषगरी अर्थतन्त्रको महत्वपूर्ण आधारमध्येको पर्यटन क्षेत्रमा त नराम्रो असर प¥यो । 
पर्यटन क्षेत्रमा पनि सबैभन्दा बढी एयरलाइन्स र होटल क्षेत्र प्रताडित भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले भने मुनामा कमाएको छ । प्राधिकरणको वार्षिक प्रगति प्रतिवेदनअनुसार आब (२०७७÷७८ मा प्राधिकरणको आय विमानस्थल विकास शुल्कबाहेक रु दुई अर्ब सात करोड ३२ लाख प्रक्षेपण गरिएकामा रु ५७ करोड ४५ लाख अर्थात् २७.७१ प्रतिशतले बढ्न गई रु दुई अर्ब ६४ करोड ७७ लाख आम्दानी भएको छ । 
त्यसैगरी विमानस्थल विकास शुल्कतर्फ रु ६० करोड २८ लाख प्रक्षेपण गरिएकामा यथार्थमा रु २९ करोड ३२ लाख अर्थात् ४८दशमलव६४ प्रतिशतले घट्न गई रु ३० करोड ९६ लाख आम्दानी भएको छ ।
आव २०७५-७६ मा रु नौ अर्ब एक करोड १८ लाख रहेको प्राधिकरणको कूल आम्दानी कोरोनाको असरले गर्दा आव २०७६-७७ मा करिब २९ प्रतिशतले घट्न गई रु छ अर्ब ३७ करोड ४९ लाख पुगेको छ । आव २०७७-७८ को कूल आम्दानी आव २०७५-७६ को तुलनामा करिब ६७ प्रतिशतले न्यून अर्थात् रु दुई अर्ब ९५ करोड ७३ लाख पुगेको छ ।
आव २०७७-७८ मा प्राधिकरणको पुँजीगत खर्चतर्फ रु ३० हजार ६४ करोड ४८ लाख, कार्य सञ्चालनमा रु तीन अर्ब ५६ करोड ६० लाख, आयकर तथा अन्य खर्च रु छ अर्ब ८९ करोड ९५ लाख गरी जम्मा रु ४१ अर्ब ११ करोड तीन लाख व्यय अनुमान गरिएकामा पुँजीगत खर्च रु ११ अर्ब ३६ करोड २८ लाख, कार्यालय सञ्चालन खर्च रु दुई अर्ब ७५ करोड ९२ लाख र आयकर तथा अन्य खर्च रु दुई अर्ब ७० करोड १८ लाख गरी जम्मा रु १६ अर्ब ८२ करोड ४८ लाख खर्च भएको छ ।
चालू आव का लागि पँुँजीगत खर्चतर्फ रु ३२ अर्ब तीन करोड ५५ लाख र कार्य सञ्चालनतर्फ रु चार अर्ब १० करोड ८४ लाख गरी जम्मा रु ३६ अर्ब १४ करोड ३९ लाख विनियोजन गरिएको छ । 
यस अतिरिक्त नेपाल सरकारलाई मू.अ.कर भुक्तानी रु दुई अर्ब ९२ करोड २३ लाख, लाभांश भुक्तानी रु ५२ करोड ३५ लाख, साँवा व्याज भुक्तानी रु ६६ करोड ४६ लाख, प्रशासकीय पुनरावलोकन तथा पुनरावेदनको लागि रु ४० करोड, कर्मचारी अवकास कोष तथा अन्य भुक्तानीको लागि रु ११ करोड ५६ लाख, कर्मचारी लाभान्स र स्थीर सम्पत्ति प्रतिस्थापनका लागि रु दुई अर्ब २२ करोड विनियोजन गरिएको प्राधिकरणले जनाएको छ ।
चालू आर्थिक वर्ष २०७८÷७९ को स्रोततर्फ नियमित आम्दानी रु पाँच अर्ब ५९ करोड २९ लाख, विमानस्थल विकास शुल्क रु ७९ करोड एवं ऋण, शेयर तथा अनुदानबाट रु २१ अर्ब ३४ करोड ३५ लाख गरी जम्मा रु २७ अर्ब ७२ करोड ६४ लाख हुने अनुमान गरिएको छ । विसं २०७८÷७९ मा प्राधिकरणको कूल बजेट रु ४३ ४३ अर्ब ६७ करोड ७७ लाख रहेको छ । प्राधिकरणको आव २०७६÷७७ सम्मको कूल सञ्चित नाफा रु १६ अर्ब एक करोड २० लाख रहेको छ ।

व्यापारिक भवनको महसुल तिरेपछि प्राधिकरणले बत्ती जोड्यो 

बक्यौता रहेको एक लाख ७२ हजार रुपैयाँ महसुल रकम तिरेपछि इलाम नगरपालिकाको व्यापारिक भवन सिटी मार्टको लाइन पुनः सञ्चालन भएको छ । विद्युत् महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले सो मार्टको लाइन काटेको थियो । व्यापारिक महललगायत एक हजार २५० जना ग्राहकको लाइन काटेको सम्बन्धी समाचार गत शुक्रबार राससमा आएको थियो । समाचार आएपछि नगरपालिकाले पैसा महसुल तिरेको छ । महसुल तिरेपछि विद्युत् सञ्चालन भएको हो ।  
हालसम्मको बक्यौता रकम रु एक लाख ७२ हजार महसुल नगरपालिकाले तिरेपछि पुनः विद्युत् लाइन सञ्चालन भएको नेपाल विद्युत् प्राधिकणका प्रमुख देवराज पौडेलले जानकारी दिए । ६० दिनभित्र महसुल नतिरे लाइन काट्नुपर्ने प्रावधान छ । इलाम नगरपालिकाले चार महिनाको महसुल बुझाउन बाँकी रहेको थियो ।
प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने एक हजार २५० जना ग्राहकको विद्युत् लाइन काटेको छ । गएको साउनदेखि हालसम्ममा दुई महिनादेखि महसुल नतिर्ने ग्राहकको लाइन काटिएको हो । बत्ती बालेर ६० दिनसम्म पैसा नतिर्ने ग्राहकको विद्युत् काटिएको प्राधिकरण इलामका प्रमुख देवराज पौडेलले जानकारी दिए । 
उनका अनुसार विद्युत् काटिए पनि करिब ९० प्रतिशत ग्राहकले पुनः महसुल तिरेपछि विद्युत् जडान गरिएको छ । करिब १० प्रतिशत ग्राहकले अझै महसुल नतिरेपछि विद्युत् जडान गरिएको छैन । बत्ती काट्न थालेपछि अटेर गर्ने ग्राकहहले समयमा नै पैसा तिर्ने भएकाले पनि प्राधिकरणले यस्तो गर्न थालेको हो । 

कक्षाकोठामै हिटर जडान भएपछि विद्यार्थी खुसी

मौसममा आएको परिवर्तनसँगै बैतडीमा पनि जाडो बढ्दै गएको छ । जाडो बढेसँगै बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका छन् ।बालबालिकालाई जाडोबाट बचाउनका लागि पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर  माविका प्रत्येक कक्षाकोठामा हिटर जडान गरिएको छ ।  बालबालिकालाई  चिसोबाट बचाउनका लागि प्रत्येक कक्षा कोठामा हिटर जडान गरिएको   विद्यालय व्यवस्थापन समिति अध्यक्ष  प्रेमसिंह भाटले जानकारी दिए ।   
‘‘शिशु  कक्षादेखि १० सम्मको  प्रत्येक कोठामा दुई÷दुईवटा हिटर  जडान गरिएको  छ,” उनले भने, “कतिपय अभिभावकहरूको आर्थिक अवस्था नाजुक हुँदा विद्यार्थीले पनि न्यानो  लुगा लगाउन नपाएकाले  आफूहरूले कक्षा कोठा न्यानो गरी पठनपाठन गराउन  हिटर जडान गरेका हौँ ।”
प्रत्येक विद्यार्थीबाट रु २०० सङ्कलन गरिएको र अपुग रकम विद्यालयबाट थप गरी हिटर खरिद गरेर जडान गरिएको  हो । यस कार्यका लागि रु ८३ हजार खर्च भएको अध्यक्ष भाटले जानकारी दिए । जडान गरिएका हिटरबाट हिउँदेयामको  चिसो छेक्न मद्दत पुगेको र पठनपाठनमा  सहज भएको छ । हिटर जडान गर्दा निकै खुसी लागेको कक्षा ८ की छात्रा वर्षा भाटले बताउनुभयो । उनले भने, “हिटर नहुँदासम्म कक्षाकोठामा जाडो हुन्थ्यो अहिले न्यानो हुँदा  खुसी छौँ ।” 
जाडो भएर कक्षाकोठामा बसेर पढ्न सहज  हुन्थेन तर अहिले न्यानो भएकाले पढ्न निकै सजिलो भएको कक्षा १० का छात्र कृष्ण आलेले बताए । उक्त विद्यालयमा हाल २८५ विद्यार्थी अध्यनरत छन् ।–रासस
 

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १७:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार