आगोमा जलेर महिलाको मृत्यु 

शनिबार, पुस २४, २०७८

खोटाङ, २४ पुस  : घर नजिकै थुपारेर राखेको खरमा आलागी हुँदा खोटाङमा एक महिलाको मृत्यु भएको छ । घर छाउन थुपारेर राखिएको खरमा आगोलागी हुँदा जन्तेढुंगा गाउँपालिका-४ डम्बर्खुशिवालयकी ४३ वर्षीया अन्जु परियारको मृत्यु भएको हो ।

खरको थुप्रो नजिक आगो बालेर ताप्ने क्रममा अचानक खरमा आगोलागी भएको र भाग्न नसक्दा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुरेस ठाकुरले बताए ।

घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय खोटाङ बजार र चिसापानीको टोली शनिबार बिहान घटनास्थलतर्फ गएको छ । 

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार